बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले जित्यो उपाधि

काठमाडौ, १२ जेठ । बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको उपाधि हात पारेको छ ।

शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २/१ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोड्रिगोले गोल गरे । यता, बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरेका थिए ।

खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै अग्रता बनाएको थियो । भ्यालेन्सियाका लागि केभिनले गोल गरेका थिए । ३३ औं मिनेटमा भ्यालेन्सियाले अर्को गोल थप्दै २/० गोलको अग्रता बनाएको थियो । यो पटक रोड्रिगोले गोल गर्न सफल भए ।

पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै एक गोल गर्न सफल भयो । तर भ्यालेन्सियालाई रोक्न भने सकेन ।

खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २/१ गोलको अग्रतामा ल्याएका थिए । तर अरु गोल थप्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २/१ गोलअन्तरले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्