आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो, मृतकको संख्या अझै बढ्न सक्ने

काठमाडौं, जेठ ११ । भारतको सूरत शहरमा भएको आगलागी परी ज्यान गुमाउनेको सङ्ख्या शनिबार २० पुगेको छ । ज्यान गुमाउने अधिकांश विद्यार्थी भएको बताइएको छ ।

सूरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

‘लक्ष्यशिला कम्प्लेक्स’ मा रहेको कोचिङ सेन्टरमा रहेका विद्यार्थीहरु आगलागीमा परेका समाचारमा जनाइएको छ ।

शुक्रबार भएको आगलागीमा परी कम्तीमा १५ जनाको ज्यान गएको जनाइएको थियो । आगालागीमा परी घाइते व्यक्तिको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या अझ बढ्न सक्ने सुरतका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्