चुनावको हारका कारण राजीनामा दिँदै भारतीय कांग्रेसका वरिष्ठ नेता
लोकसभा चुनावको हारका कारण भारतीय कांग्रेसका नेताले राजीनामा दिन थालेका छन् ।
उत्तर प्रदेश कांग्रेसका अध्यक्ष राज बब्बर, ओडिशाका प्रमुख निरन्जन पटनायक र कर्नाटकमा एचके पटेलले पार्टी प्रमुख राहुल गान्धीलाई आफ्नो राजीनामा बुझाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच राहुल गान्धीले पनि कांग्रेसको अध्यक्ष पदबाट राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।
चुनावमा भएको हारको समट्ठक्षा गर्न शनिबार भारतीय कांग्रेसको बैठक बस्दैछ । लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)को मात्रै ३०३ सिट आयो भने कांग्रेसको मात्र ५२ सिट आएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्