राजीनामाको घोषणा गर्दा ‘धरधरी’ रोइन् बेलायती प्रधानमन्त्री टेरिजा मे!

काठमाडौं, जेठ १० । बेलायती प्रधानमन्त्री टरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । आफ्नै मन्त्री र सांसदबाट पद त्याग्न दबाब आएपछि उनले पद राजीनामाको घोषणा गरेकी हुन् ।

उनले जुन ७ का दिन कन्जरभेबटिभ पार्टीको नेताबाट राजीनामा दिने र उत्तराधिकारी नचुनिएसम्म प्रधानमन्त्री रहिरहने बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

निकै भावुक भएकी मेले डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्माका लागि आफुले पूर्ण प्रयास गरेको बताइन् ।

उनले ब्रेक्जिटमा सफलता पाउन विफल भएकोमा गहिरो दुःख लागेको उल्लेख गरिन् । उनले भनिन्, ‘आफ्नो ब्रेक्जिट सम्झौतामा समर्थन जुटाउन पूर्ण प्रयत्न गरेँ । अब आउने प्रधानमन्त्रीले समेत यो प्रयासलाई जारी राख्नु नै देशको हितमा हुनेछ ।’

राजीनामाको घोषणा गर्दा प्रधानमन्त्री मे रोइन् । काँप्दै गरेको स्वरमा उनले प्रधानमन्त्रीको रुपमा काम गर्न पाउनु जीवनको सबै भन्दा महत्वपूर्ण पक्ष भएको बताइन् ।

उनले भनिन्, ‘म दोस्रो महिला प्रधानमन्त्री भएँ । तर, निश्चित रुपमा आखिरी अथवा अन्तिम होइन ।’ उनले कन्जरमेटिभ पार्टीको नेताबाट राजीनामा दिनासाथ नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्