पूर्वप्रधानन्यायाधीश खत्रीको निधन

काठमाडौं, जेठ १० । ९६ वर्षको उमेरमा पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ।

पूर्वप्रधानन्यायाधीश खत्रीले वि.स. २००४ सालमा मुलुकी अड्डा ऐनसवाल फाँटबाट सरकारी जागिर सुरु गरेका थिए। यस्ते र उनले २०५ सालमा मेजर दर्जामा ह्लासा वकिल, २००९ सालमा कानुन मन्त्रालयको सचिव, २०१६ साल देखि २०३३ सालसम्म सर्वोच्च अदालतको न्यायाधीश बनिसकेका छन्।

त्यसैगरी वि.स २०१६, २०२८, २०४८ साल गरी तीन पटक कानून सुधार आयोगका अध्यक्ष समेत रहिसकेका खत्री ३१ सालमा प्रेस काउन्सिलको समेत अध्यक्ष भएका थिए।

यस्तै उनले २०३३ सालदेखि २०४२सम्म सर्ववच्च अदालतको प्रधानन्यायाधीश भएर जिम्मेवाली सम्हालेका थिए भने २०४३ सालमा चीनका लागि नेपाली राजदूत भएका थिए।
यस्तै उनी वि.स. २०५७ सालमा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष समेत बनेका थिए।


यस्तै उनी वि.स. २०५७ सालमा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष समेत बनेका थिए।

प्रतिक्रिया दिनुहोस्