बेलायती प्रधानमन्त्री मेले दिइन् राजीनामा
काठमाडौं , जेठ १० । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शुक्रवार पदबाट राजीनामा दिएकी छन् । ब्रेक्जिट सम्झौतामा सहमति जुटाउन नसकेपछि आफ्नै कन्जर्भे्टिभ पार्टीको दबाब परेपछि उनले राजीनामा दिएकी हुन् ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा बोल्दै मेले बेलायतको प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताइन् । उनले कुनै पनि दुर्भावना नलिइकनै पदत्याग गरेको बताएकी छन्
प्रतिक्रिया दिनुहोस्