मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त
काठमाडौं, जेठ १० । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट एम.बी.ए गरेका बज्राचार्यको विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।
बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका कार्य गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्