सगरमाथामा चढ्दा शिखरमा आरोहीको घुइँचो, चिसोमा घण्टौँको पर्खाइले तीनको मृत्यु

काठमाडौं, जेठ १० । सगरमाथामा चढ्दा शिखरमा आरोहीको घुइँचो लाग्ने गरेको छ ।

पछिल्लो समय विश्वको सबैभन्दा अग्लो शिखर चुम्ने सपना लिएर सगरमाथा आरोहण गर्नेले अहिले शिखरको माथिल्लो भागमा घुइचोँको सामना गरेर शिखरमा गरिरहेका छन् ।


यसले गर्दा शिखरको माथिल्लो भागमा रगत जमाउने खालको चिसोमा घण्टौं पालो पर्खिनुपर्ने देखिएको छ ।

रिपोर्ट अनुसार यस घुइँचोले कम्तीमा तीनको ज्यान गइसकेको छ । विभिन्न स्रोतका अनुसार शिखरबाट फर्किने क्रमममा एक अमेरिकी र दुई भारतीयको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्