विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित छ जना पक्राउ

काठमाडौं , जेठ १० । साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट छ जना पक्राउ परेका छन्।

साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो छ जनालाई पक्राउ गरेको विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीले बताए ।कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छजना पक्राउ परेका हुन्।

पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो।


रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्।अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड टण् लाख रहेको प्रहरीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्