सिभिल बैंक लिमिटेडको शाखा अब झापाको अर्जुनधारामा पनि !

काठमाडौं, जेठ १० । सिभिल बैंक लिमिटेडको शाखा अब झापाको अर्जुनधारामा पनि संचालनमा आएको छ ।

बैंकले झापाको अर्जुनधारामा नयाँ शाखा संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका छन् ।

शाखाको उद्घाटन गर्दै मेयर मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने उनले बताए ।

अर्जुनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उनले खुशी पनि व्यक्त गरे ।


यस्तै सिभिल बैंकका माईक्रो बैकिंङ्ग प्रमुख युवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताएका छन् ।


अब यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्