भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुलाई अब विशेष छुट

काठमाडौं, जेठ ९ । भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुले विशेष छुटपाउने भएका छन् ।

आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि.सँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटलप्रा.लिको तर्फ बाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटल लि. का तर्फबाट हस्पिटल प्रबन्धक बिक्रम अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएसंगै अब यस बैंकका ग्राहकहरुले उक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने पनि बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्