भारतीय लोकसभा : भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री, भाजपाको ऐतिहासिक जित

काठमाडौं , जेठ ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्।

मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले केरलाको वायनाडमाबाट चुनाव जितेका हुन्। अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा ८ हजारभन्दा बढी मत पछाडि छन्।

विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कुल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो।

सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। सो समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो।

सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ । लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्