प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुको माग
काठमाडौं, जेठ ९ । प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुले माग गरेका छन् । उनीहरले सरकारले संसदमा पेश गरेको प्रेस काउन्सिल सम्वन्धि विधेयकले पूर्ण प्रेस स्वतन्त्रताको संकुचन गर्ने भन्दै विरोध गरेका हुन्।
सम्पादकहरुले नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरेको आन्दोलनप्रति विज्ञप्ति जारी गर्दै ऐक्यवद्धता समेत जनाएका छन्।
२१ जना सम्पादकहरुले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म(भावना विपरीत भएको बताएका छन्।
सरोकारवालाहरुसँग कुनै छलफल नगरी प्रेसमाथी सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँग परामर्श मार्फत यो विषय सम्वोधन गर्न समेत सरकारसँग सम्पादकहरुले माग गरेका छन्।
पत्रकारिता क्षेत्रका असंगत र असंयमित अभ्यासप्रति सचेत भएको भन्दै उनीहरुले त्यस्ता समस्या सम्वोधन गर्ने विधि विकासको आवश्यकता बारे प्रस्ट भएको समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्