बंगलादेशले एसीसी इमर्जिङ एसिया कप क्रिकेटको आयोजना गर्दै, ८ देशको सहभागिता रहने

काठमाडौं, जेठ ९ । बंगलादेशले एसीसी इमर्जिङ एसिया कप क्रिकेटको आयोजना गर्ने भएको छ । एसीसी इमर्जिङ एशिया कप क्रिकेट बंगलादेशमा आयोजना हुने भएको हो । १२–२५ नोभेम्बर सम्म चल्ने प्रतियोगितामा ८ देशको सहभागिता हुने भएको छ ।

बंगलादेश क्रिकेट बोर्डले एसीसी इमिर्जिङ एशिया कप आयोजना गर्न तयार रहेको बताएको छ । यो प्रतियोगिता २०१७ मा बंगलादेशले आयोजना गरेको थियो भने २०१८ मा पाकिस्तान र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेका थिए ।

प्रतियोगिताको आयोजना गर्ने निर्णय बंगलादेशले गरे पनि प्रतियोगिता स्थलको भने टुंगो लगाएको छैन् । प्रतियोगितामा टेस्ट खेल्ने देशका यू–२३ खेलाडीले सहभागिता जनाउने छन् भने अन्य देशको नेशनल टिमले खेल्ने छन् ।

५० ओभरको प्रतियोगितामा बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको यू –२३ को टिम खेल्ने छ । टिममा यू –२३ माथिको सिनियर ४ जना खेलाडी राख्न पाइने भए पनि प्लेइङ सेटमा ३ जना मात्रै राख्न पाइने नियम पनि रहेको छ । यसैगरी अफगानिस्तान, यूएई, ओमान र हङकङको राष्ट्रिय टिमले सहभागिता जनाउने छ ।

२०२२ सम्म एकदिवसीय मान्यता पाएको नेपालले भने यस प्रतियोगितामा सहभागीता जनाउने छैन ।

प्रतिक्रिया दिनुहोस्