सुदूरपश्चिम प्रदेशमा दुर्घटना बढ्दैः १० महिनामा मात्रै दुर्घटनामा परी १ सय ७९ जनाले ज्यान गुमाए
काठमाडौं, जेठ ९ । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५र७६ को १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी एक सय ७९ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि बैसाख मसान्तसम्म भएका सवारी दुर्घटनामा परी एक सय ७९ जनाले ज्यान गुमाएको प्रदेश ट्रापिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा साना तथा ठूला एक सय ९० सवारीसाधन दुर्घटनामा परेका थिए। त्यसमा घाइते तीन सय ८१ मध्ये एक सय ७९ जनाको मृत्यु भएको हो।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार दुर्घटनामा परी एक सय २१ पुरुष, ३३ महिला, १७ बालक र ८ बालिकाको मृत्यु भएको छ।
सबैभन्दा बढी मंसिरमा ३६ जनाको मृत्यु भएको छ भने फागुनमा ३० जना र बैसाखमा २६ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।«ाफिक नियमको पालना नगर्ने, क्षमताभन्दा बढी सवारी गाडीमा हाल्ने, यात्रुबाहक बसमा व्यापारिक सामान बोक्ने, सामान्य ट्राफिक नियमको पालना समेत नगरेकाले दुर्घटना बढ्दै छ भने चालकको लापरबाहीले सुदूरपश्चिममा दुर्घटना बढ्दै गइरहेको जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले जनाएको छ।
डडेल्धुरामा ६ जनाको मृत्यु भएको घटनामा चालकको लापरबाही देखिएकाले एक बस चालकलाई पुर्पक्षका लागि कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यलाय डडेल्धुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्