भारतमा ७ चरणमा भएको लोकसभा चुनावको मतगणना आज

भारतीय लोकसभा चुनावको मतगणना बिहीबार हुँदैछ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मे सम्म ७ चरणमा चुनाव भएको थियो ।

गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता पार्टीलाई नै बहुमत आउने देखिएको छ ।
कुल ५४३ सिट रहेको लोकसभामा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सिट जित्नुपर्नेछ ।

सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । यो वर्ष भारतको चुनावमा ९० करोड मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्