नरेन्द्र मोदीको पार्टीलाई भोट दिएको भन्दै भारतमा श्रीमानद्धारा श्रीमतीको हत्या
काठमाडौं , जेठ ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई भोट दिएको भन्दै एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा यो घटना भएको हो ।
सोमवार बिहान सैदपुर क्षेत्रका एक युवाले आफ्नी श्रीमतीको हत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँग आफूलाई मनपर्ने पार्टीलाई भोट नदिएको कारण असन्तुष्ट थिए ।
श्रीमतीको हत्या गरेपछि आरोपी उक्त शवसँगै बसेका थिए । तर, मानिसको भीड जम्मा भएपछि भने उनी घर छाडेर भागेका थिए । यो मामिलामा माइती पक्षले भने दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन् ।
माइती पक्षले यस मृतकको घर परिवारको विरुद्धमा मुद्दा दायर गरेको छ । साथै आरोपी उनका श्रीमान पनि पक्राउ परेका छन् । सिंगारपुर दलित बस्तीमा बस्दै आएका उनीहरु इशू रामकी छोरी नीलमको विवाह २०१४ जुन १९ मा रामवचनसँग भएको थियो ।
प्रतिक्रिया दिनुहोस्