मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण !

काठमाडौं, जेठ ८ । मुक्तिनाथ विकास बैंकले जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण ग¥यो
गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको हो ।

उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङको अध्यक्षतामा कुर्सी हस्तान्तरण गरिएको थियो ।


कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागि थप सहयोग पुग्ने संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बताए । साथै उनले बैँकप्रति धन्यवाद व्यक्त पनि गरे ।

यस्तै कार्यक्रममा बैँकका क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्