एनआईसी एशिया बैंकका ग्राहकले अब नोबेल हस्पिटलमा उपचार गराउँदा २५५ सम्मको छुट पाउने, भयो यस्तो सम्झौता

काठमाडौं, जेठ ८ । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले नोबेल हस्पिटलमा उपचार गराउँदा २५५ सम्मको छुट पाउने भएका छन् ।

एन आई सी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच विभिन्न सेवा सुविधाहरुमा २५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।
एन आई सी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्