भारतको अरुणाञ्चलमा भएको आतंककारी हमलामा सांसदसहित ११ जनाको मृत्यु
काठमाडौ, ८ जेष्ठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी हमलामा नेश्नल पिपुल्स पार्टीका सांसद तिरोंगो अबोसहित ११ जनाको ज्यान गएको छ ।
यो हमलामा ५६ वर्षीय सांसद अबोसहित उनका छोराको पनि ज्यान गएको छ । हमलामा २ जना गम्भीर घाइते भएका छन् ।
चार ओटा गाडीमा सुरक्षा व्यवस्थासहित सांसद अबो अरुणाञ्चल गइरहेका थिए । खोनसा–देओमाली सडक खण्डमा बन्दुकधारी आक्रमणकारीले उनीमाथि हमला गरेका थिए । हमलामा सुरक्षाबलका दुईजना सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।
अरुणाञ्चल प्रहरीले यो घटनाको पुष्टि गरेको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा तिरोंगो अबो आफ्ना परिवारकासाथ असमबाट अरुणाञ्चल गइरहेको उल्लेख गरिएको छ । अहिले सम्मको हमलाको कसैले जिम्मा लिएको छैन । हमला कसले गराएको भन्नेबारेमा प्रहरीले अनुसन्धान गरि रहेको जानकारी गराएको छ ।
– एजेन्सी
प्रतिक्रिया दिनुहोस्