मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन निर्माण

काठमाडौं ,६ जेष्ठ । मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन निर्माण गरेको छ ।
मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा ) कमल पोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको हो ।

काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खालीचौंरमा हरित गार्डेन बनाएको हो । बैंकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेनले महत्वुर्ण भूमिका खेल्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्