इन्फिनिटी लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको आईपिओ आउँदै

काठमाडौं, ६ जेष्ठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जेठ १३ गतेदेखि ६ लाख ४० हजार ३०० कित्ता साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गतेदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ताका लागि आवेदन दिन पाउनेछन् । तर लघुवित्तको आइपीओमा लगानीकर्ताको आकर्षण अधिक भएकाले १० कित्ता मात्र आवेदन दिए पनि पुग्ने देखिन्छ । यो आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५५ रकम बराबरको सेयर बिक्री गर्न लागेको हो । इन्फिनिटीको आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ ।

यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।

इन्फिनिटीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा २ करोड ७१ लाख ६० हजार रुपैयाँ छ । चैत मसान्तसम्म ४५ करोड ६७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ३५ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।

इन्फिनिटीले प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यसम्म १८ रुपैयाँ र आगामी वर्ष २७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा र आगामी वर्ष १२४ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गतेदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर ९आइपीओ० जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका लागि जारी गर्न लागेको हो ।

आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गर्न लागेको आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।

यद्दपि, यो समयमा आइपीओ बिक्री नभएमा असार १३ गतेसम्म बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ । हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १०५ सेयर स्थानियको लागि जारी गर्न लागेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

कम्पनीले जारी गर्न लागेको आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक ९चोक बजार–इलाम०, एभरेष्ट बैंक ९फिक्कल–इलाम०, सिद्धार्थ बैंक ९इलाम०, सेन्चुरी बैंक ९भानुपथ–इलाम०, ग्लोबल आइएमई बैंक ९फिक्कल–इलाम०, माछापुच्छ्रे बैंक ९इलाम०, एसबीआई बैंक ९इलाम० र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । हिमाल हाइड्रोको केन्द्रीय कार्यालय जावालाखेल, ललितपुरमा रहेको छ । इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन रहेका छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४।५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।

प्रतिक्रिया दिनुहोस्