नेशनल माइक्रो फाइनान्सको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न


काठमाडौं, ५ जेष्ठ । नेशनल माइक्रो फाइनान्स वितीय संस्था, शाखा कार्यालय सपहिले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

महिला कृषकहरुको ज्ञान, सिप र क्षमता अभिबृद्धि गदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार गर्ने उदेश्यका साथ संस्थाको शाखा कार्यालय सपहीले तालिमको आयोजना गरेको हो ।

कोल्वीनगरपालीका वडा नं १ का वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, संस्थाका शाखा प्रमुख प्रदिप कुमार चौधरीको अध्यक्षतामा संचालित कार्यक्रममा संस्थामा आवद्ध कोल्वी न.पा. र गढिमाई गा.पा.का विभिन्न वडाका महिला सदस्यहरु जम्मा ३७ जनालाई २ दिनसम्म व्यवसायिक तरकारी खेती गर्न चाहिने अधारभुत सिप, तरिका, विभिन्न जातका तरकारीहरु रोप्ने तरिका, तरकारीमा लाग्न सक्ने रोगको पहिचान, रोगबाट रोकथाम तथा नियन्त्रणको उपायहरु, बजारीकरण लगायत विविध बिषयहरुमा प्रशिक्षित गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी चौधरीले व्यवसायिक तरकारी खेती तालिमबाट महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै तालिम दिई संस्थाले उदाहारणीय कार्य गरेकोमा बताए । तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्