अष्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मोरिसन पुन निर्वाचित
५ जेठ, काठमाडौं । अष्ट्रेलियाको प्रधानमन्त्रीको लागि पुन स्कट मोरिसन निर्वाचित भएका छन् । मोरिसनले चमत्कारिक जित निकालेका छन् । कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् ।
त्यस्तै अष्ट्रेलियाको प्रतिस्पर्धी लेबर पार्टीका नेता बिल शोर्टन पराजय भएका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले जनाएको छ । अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १.६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए ।
चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।
यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो ।
विगतका जति पनि मत सर्वेक्षण गरिएको थियो, त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो ।
प्रतिक्रिया दिनुहोस्