तनहुँको ढोरफिर्दीमा एनसीसी बैंकको शाखा

काठमाडौं, २ जेष्ठ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको र ७५ वटा एटिएमबाट सेवा दिईरहेको छ ।

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल र सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्