नेशनल माइक्रो फाइनान्सको व्यवसायी च्याउखेती तालिम सम्पन्न

काठमाडौं, २ जेष्ठ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय मसुरीयाले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक च्याउखेती तालिम सम्पन्न गरेको छ ।

महिला कृषकहरुको ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार ल्याउने उदेश्यले नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको शाखा कार्यालय मसुरीयाले २ दिने सिपमुलक व्यवसायिक च्याउखेती तालिमको आयोजना गरेको हो ।

संस्थामा आवद्ध गौरीगंगा न.पा.का विभिन्न वडाका महिला सदस्यहरु जम्मा ३४ जनालाई २ दिनसम्म व्यवसायिक च्याउखेती गर्न चाहिने आधारभुत सिप तथा बजारीकरणको साथै विविध बिषयहरुमा सहभागीहरुलाई प्रशिक्षीत गराइएको थियो ।


सो कार्यक्रम संस्थाका शाखा प्रमुख अंचल चौधरी र गौरीगंगा नगरपालीका वडा नं ५ का वडाध्यक्ष लिलाराम सदशंकरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । तालिम कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुले व्यवसायिक च्याउ खेती तालिमले महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सिपमुलुक तालिमको आयोजना गरी संस्थाले उदाहारणीय कार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्