गरिमा विकास बैंकको बीरगञ्ज शाखाको औपचारिक उद्घाटन
काठमाडौं, १ जेष्ठ । गरिमा विकास बैंक लिमिटेडले बीरगञ्जशाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । बुधबार उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्यव्या पारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा, बीरगञ्जनगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्तू , बीरगञ्जउद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा रहका छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोडनिक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्