नेशनल माइक्रो फाइनान्सको रामगोपालपुरमा शाखा बिस्तार


काठमाडौं, १ जेष्ठ । राष्ट्रिय स्तरको यस नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लि.ले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयां शाखा बिस्तार गरेको छ ।

शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख अतिथी नगरपालिकाको मेयर अशोक कुमार मंडल र संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संयुक्त रुपमा गरेको थियो ।
उदघाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतीको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउदै शाखा कार्यालयको उत्तरोतर प्रगतीको कामना गर्नु भएको थियो ।

चालु आ.व. को २०७५ चैत्रमसान्त सम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच देशका सातै वटा प्रदेशका ३७ वटा जिल्ला का ७५ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड र बचत रु. १ अर्ब १५ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्