कामिरीता शेर्पा २३औं पटक सगरमाथा चुच्चुरोमा, ब्रेकपछि अर्काे ब्रेक

काठमाडौं, १ जेष्ठ । पर्वतारोही कामिरीता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर आफैंले कायम गरेको विश्व कीर्तिमान तोडेका छन् ।

शेर्पाले आफेंले कायम गरेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कीर्तिमान आर्को किर्तीमानी तोद्दै यसअघि उनले २२औं पटक सगरमाथा आरोहण गरेर सर्वाधिक सगरमाथा आरोहण गर्ने पर्वतारोहीको नामलाई फेरी ब्रेक गरि आर्काे कृतिमानी कामयम गरिएको छ ।

आरोहण कम्पनी सेभेन समिट ट्रेक्सको संयोजनमा सगरमाथा आरोहणमा गएका शेर्पाले भारतीय प्रहरीहरुको टोलीको नेतृत्व गरेका थिए। कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा लगायतको टोलीले आज बिहान ७ः५० को समयमा सगरमाथाको शिखर टेकेको हो ।

कामिरिताले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । सोलुखुम्बु जिल्लाको थामे गाउँका स्थायी बासिन्दा शेर्पाले सगरमाथाबाहेक अन्नपुर्ण चौथो, चो ओयु, ल्होत्से, माउन्ट केटु, मनासलुलागतका शिखरको सफल आरोहण गरिसकेका छन्। शेर्पाले पछिल्लो पटक सन् २०१८ मे १६ मा सगरमाथाको शिखर चुमेका थिए। उनले हालसम्म ८ हजार मिटर उचाईमाथिका हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन्।

सगरमाथाबाहेक उनले ८,२०१ मिटर उचाईको चो ओयु हिमालको ८ पटक, ल्होत्सेको एक पटक, पाकिस्तानस्थित विश्वकै सबैभन्दा दोस्रो अग्लो शिखर माउन्ट केटुको एक पटक तथा मनासलुको दुई पटक सफल आरोहण गरिसकेका छन्।

पर्यटन विभागका अनुसार विश्वमा सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको शीर्ष १० को सूचीमा सबै नेपाली छन्। उनीहरु सबै शेर्पा समुदायका आरोही हुन्। हिमाली जीवनसँग एकाकार भएका कारण पनि सगरमाथा आरोहणमा शेर्पा समुदायको विशेष उपस्थिति रहँदै आएको छ। कामिरितापछि ङिमा नुरु शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेको सूचीमा दोस्रो नम्बरमा पर्दछन्। उनले २१ पटक सगरमाथाको चुचुरो टेकेका छन्।

यस्तै ङिमाजस्तै आप्पा शेर्पा र फुर्वातासी शेर्पाले पनि समान २१र२१ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। आप्पा र फुर्वातासीले आरोहणबाट सन्न्यास लिइसकेका छन् भने ३८ वर्षीय ङिमा नुरु शेर्पा अझै सक्रिय छन्। ङिमा नुरु शेर्पा यस पटक तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रयासमा छन्।

यस्तै आङ दोर्जी शेर्पा, छेवाङ निमा शेर्पा र मिङ्मा छिरी शेर्पाले समान १९÷१९ पटक सगरमाथाको चुचुरोमा नेपालको झन्डा गाडिसकेका छन्। लाक्पा रिता शेर्पाले १७ सगरमाथाको चुचुरो पुगिसकेका छन्। ।

प्रतिक्रिया दिनुहोस्