तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डद्वारा पाकिस्तान ६ विकेटले पराजीत

काठमाडौ, १ जेठ । इंग्ल्याण्डले पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा ६ विकेटको शानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । उसका लागि इमाम उल हकले एक सय ५१ रनको पारी खेल्दा आसिफ अलीले ५२ रन बनाए । बलिङमा इंग्ल्याण्डमा वक्सले चार विकेट लिए ।

जवाफमा जोनी बेस्ट्रोको विस्फोटक एक सय २८ रनको पारीमा इंग्ल्याण्डले ४४ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका उसका लागि बेस्ट्रो बाहेक जेसोन रोयले ७६ तथा मोलयन अलीले अविजित ४६ रन बनाए ।
वर्षाका कारण पहिलो खेल रोकिएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डको सान्दार विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्