तीन लघुवित्त संस्था गाभिँदै, मिर्मिरेसँग नागबेली र किसान गाभिने, मर्जर प्रक्रियाले गति पायो

काठमाडौं, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको संख्या धेरै भएको र यसलाई कम गर्न प्रयास गरि रहेको बेला नाम चलेका तीन संस्था एक आपरमा गाभिने सम्झौता गरेका छन् ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त बित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्था गाभिन लागेका हुन ।
राष्ट्र बैकले एउटै ठूलो संस्था बनाउँदा पूँजीको आकार र क्षमता बृद्धि भई सबल, सशक्त र स्तरिय वित्तीय कारोवार गरी व्यवसायिक तथा संस्थागत उपलब्धि हासिल प्राप्त गर्न सकिने राष्ट्र बैंकको चाहना अनुसार एक कदम अगाडी बढेर गाभिन लागेका तीन बटै संस्थाले जनाएका छन् ।

तीनबटै संस्थाका अध्यक्षहरु क्रमश् मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरा, नागबेलीका अध्यक्ष दीपबहादुर श्रेष्ठ र किसानका अध्यक्ष नेत्रप्रसाद जोशीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसै गरि मर्जरका लागि सन्तोष फुयलको संयोजकत्वमा सञ्जयकुमार श्रेष्ठ र खिमाराज न्यौपानेको तीन सदस्यीय मर्जर समिति समेत गठन गरिएको छ ।

नेपाल राष्ट्र बैंकको नियमन विभागबाट पटक पटक लघुवित्त बित्तिय संस्थाहरुको संख्या घटाउनु पर्ने अवस्था श्रृजना भएको कुरा राष्ट्र अधिकारीहरुले सार्वजनिक कार्यक्रमहरुमा ब्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्