जनसेवी र स्वाभिमान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन


काठमाडौं, ३१ बैशाख । जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ भर्ने आज बैशाख ३१ अन्तिम दिन हो । यि दुवै कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ । जनसेवीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणले भर्न पाउने । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

त्यसतै, स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । कुल आईपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यस आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने सकिने छ ।

सोमबार साँझसम्म जनसेवी लघुबित्तको आइपीओमा ११.२४ गुणा र स्वभिमान माइक्रोफाइनान्सको आइपीओमा २५।९५ गुणा बढी आवेदन परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्