डिएसपी खड्काले आफ्नो कुर्सीमा अर्कैलाई बस्न दिएपछि‘ ….कसरी पुगे ?

काठमाडौं, बैशाख ३० । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिर सार्वजनिक भएपछि डिएसपी खड्कामाथि विभागीय छानविन शुरु भएको छ।

उनी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएका छन्।

डिएसपी खड्काले धेरैवटा मुद्दा मामिला झेल्दै आएका बिर्तामोड बस्ने एक युवक हर्क गुरुङलाई आफ्नै कुर्सीमा बस्न दिएको तस्बिर सार्वजनिक भएपछि छानविनका लागि उनलाई विराटनगर तानिएको हो।

प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालका अनुसार डिएसपी खड्कामाथि छानविन गर्न विराटनगर तानिएको हो।

यदि यो प्रकरणमा उनी दोषी देखिए प्रदेश प्रहरीले निलम्बन गरेर प्रदेश प्रहरीले थप कारवाही गर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन्।

डिएसपी खड्का किरण दर्जीको हिरासतमा मृत्यु भएको घटनादेखि नै विवादमा विवादमा पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्