स्याङ्गजाको झलुंगेमा कामना सेवाको ८४औं शाखा

काठमाठौं, ३० बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा स्याङ्गजा जिल्लाको वालिंग नगरपालिका वडा नं १३ स्थित झलुंगेमा आज वैशाख ३० गते आफ्नो ८४औंशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्तरूपमा कारोबार भारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउनु हुदैं व्यापार प्रवर्धनलाई अझतीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीतिर कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारीदिनु भयो ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमाआफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमायो संगै ८४ वटा शाखा तथा ३९ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ . साथै, बैंकले ABBS ,LatestInternet Banking andMobile Banking , C – ASBA लगायतका माध्यमबाट समेतसम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ
| .

प्रतिक्रिया दिनुहोस्