संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि ३ नम्बर प्रदेशसभा स्थगित
काठमाडौं, बैशाख ३० । संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि आज पनि प्रदेश नम्बर ३ को प्रदेशसभा स्थगित भएको छ ।
३ नम्बर प्रदेशको प्रदेश सभा पहिलो पटक अवरुद्ध भएको हो । राजधानी र नामांकरणको विषयले संसदमा प्रवेश नपाएपछि नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको हो।
राजधानी र नामांकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले बताए
।यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए पनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको थियो।
दलका नेताले वर्षे अधिवेशनको शुभकामना मन्तव्य व्यक्त गरेपछि कांग्रेसले संसद अवरुद्ध गरेको हो।
यसअघि सरकारका तर्फबाट संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले सरकार राजधानीको विषयमा गम्भीर रहेको बताएका थिए।
नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि मंगलबार ४ बजेसम्मका लागि संसद स्थगित गरिएको हो।














प्रतिक्रिया दिनुहोस्