सञ्चारमन्त्री बास्कोटाको अडान- मिडिया काउन्सिल विधेयक संसोधन हुँदैन

काठमाडौं , बैशाख ३० । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसोधन नहुने बताएका छन्।

नयाँ केही सकारात्मक कुरा आए संसोधन गर्न सकिने तर अहिलेका विषय आबश्यक रहेको तर्क गरे ।

विधेयकको विरोध भएपनि समग्र मिडिया क्षेत्रको हितका लागि मिडिया काउन्सिल ऐन बनाउन लागिएकाले विधेयक संसोधन नहुने बास्कोटाले बताए ।

उनले मिडिलाई ब्यवस्थित बनाउन, नागरिकलाई मिडियाक्षेत्रबाट हुने क्षतिको ग्यारेन्टी गर्न र पत्रकारलाई पेशागत सुरक्षाका लागि विधेयक ल्याएको दावी गरे ।

तर नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, अकोराब लगायतका सरोकारवाला निकायले विधेयकको विरोध गर्दै पुनः सच्याएर मस्यौदा गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्