वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड, यस्तो छ अवस्था
काठमाडौँ , बैशाख ३० । वीरगञ्जस्थित एभिन्युजको टेलिभिजनको कार्यलयमा तोडफोड भएको छ ।
सोमबार दिउँसो कर्मचारीहरु काम गरिरहेका बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गएका हुन् । उनीहरुले ढोका तथा झ्यालका सिसा फुटाउँनुका साथै अफिसको ब्यानर पनि च्यातेको पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो ।
उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्कन्छन्।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।














प्रतिक्रिया दिनुहोस्