आइपीएल् २०१९ को उपाधि मुम्बई इन्डियन्सले जित्यो, चेन्नई १ रनले पराजीत
काठमाडौ, २९ बैसाख । इण्डियन प्रिमियर लिग (आइपीएल्) २०१९ को उपाधि मुम्वाइ इन्डियन्सले जितेको छ । खेलमा चेन्नई सुपर किंग्स १ रनले पराजीत भएको छ । मुम्बइले दिएको १५० रनको लक्ष्यमा चेन्नइको तर्फबाट सेन वाट्सनले विस्फोटक ब्याटिङ् गरे । उनले ५९ बलमा ८० रन लिएर रन आउट भए र पनि टिमलाई जिताउन सकेनन् ।
हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बई इण्डियन्सले चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो । तर जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य भेट्टाउन सकेन । पुरै २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो। तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे ।
मुम्बईका लागि जसप्रित बुम्राले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा मात्र १४ रन दिएका थिए। त्यस्तै राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए ।
चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि पर्याप्त भएन । चेन्नईको लगातार विकेट झरिरहँदा पनि ओपनर वाट्सनले एकातर्फबाट पारी सम्हाल्दै टिमलाई अगाडि बढाएका थिए। तर वाट्सन अन्तिम ओभरमा रन आउट हुन पुगेका थिए ।
मुम्बईले खेलमा सुरुआत राम्रो गरेको थियो। मुम्बईका लागि सबभन्दा धेरै रन किरन पोलार्डले बनाए । उनले नटआउट ४१ रन बनाए। त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए ।
चेन्नईका दिपक चहारले एक्लैले तीन विकेट लिए। त्यस्तै इमरान ताहिर र शार्दुल ठाकुरलले दुई दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्