इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटी जितेको छ । सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जितेको हो ।
अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । यो जितसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ । खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन मुरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता एक मिनेटमै तोडियो । म्यानचेस्टर सिटीका लागि सर्जियो अगुइरोले खेलको २८औँ मिनेटमा बराबरी गोल गरे । त्यसपछिको खेलमा पूरा हाबी रहेको म्यानचेस्टर सिटीले तीन गोल थप्यो । खेलको ३८औँ मिनेटमा म्यानचेस्टर सिटीका लागि एमेरिक लापोर्तेले दोेस्रो गोल गरे । त्यस्तै खेलको ६३ औँ मिनेटमा रियाद मेहरेज सिटीका लागि तेस्रो गोल गरे भने चौथो गोल ७२औँ मिनेटमा इल्के गुन्डोगानले गरे ।
म्यानचेस्टर सिटीले यो सिजनमा ३८ खेलमध्ये ३२ मा जित हात पार्दै ९८ अंकका साथ उपाधि उचाल्यो ।
म्यानचेस्टर सिटीसँगै अन्तिमसम्म उपाधि होडमा रहेको लिभरपुल फुटबल क्लबले अन्तिम खेलमा वुल्भ्सलाई २–० ले हराए पनि सिटीले खेल जितेका कारण उ दोस्रो स्थानमा रह्यो । लिभरपुल ९७ अंकका साथ दोस्रो स्थानमा त्यस्तै ७२ अंकका साथ चेल्सी तेस्रो स्थानमा र टोटनह्याम ७१ अंकका साथ चौथो स्थानमा रहन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्