सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान सुरु

काठमाडौं, २९ बैशाख । नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यलाई ध्यानमा राखी वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउंगाउंमा साक्षरता अभियान सुरु गरेको छ ।
बै.कले सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउंगाउंमा साक्षरता अभियान सुरु गरेको हो ।
यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाउंपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा बैशाख २८ गते, शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९ विधुतिय वित्त ० सम्बन्धी जानकारीका दिएको थियो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सो कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागी थियो । कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिनुभयो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताउनुभयो । स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए सोहि सम्बन्धमा बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले स्थानीयका सहुलियतपूर्ण कर्जा सम्बन्धी जिज्ञासाहरु बारे प्रकास पार्नु भयो र बैंकले दिइरहेको सेवा सुविधाबारे जानकारी दिनुभयो साथै बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका नियम श्रेष्ठले सहुलियतपूर्ण कर्जा सम्बन्धी जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्