अफगानिस्तानमा गोली हानाहानः १३ लडाकु मारिए

काठमाडौं, बैशाख २९ । अफगानिस्तानमा १३ लडाकु मारिएका छन् ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकुको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

उत्त घटना कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा हुदा भिडन्त भएको हो ।

अफगानिस्तान प्रहरीतर्फ भएको क्षतिका बारेमा केही खुलाइएको छैन भने यता तालिबान समूहले पनि उक्त घटनाका बारेमा केही बताएका छैनन्।

यसैबीच, उत्तरी बाघ्लान प्रान्तमा भएको एक अर्को भिडन्तमा दुई सुरक्षाकर्मीको ज्यान गएको छ।

बाघ्लान प्रान्तका गुप्तचर निकायका उपनिर्देशक गफुर खानले सुरक्षाकर्मी चढेको सवारी साधनलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्