किन गए प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली जेनेभा ?

काठमाडौं, बैशाख २९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् ।

भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्रा्ष्ट्रिय समुदायलाई जानकारी गराइ थप सहयोग जुटाउने क्रममा उनी जेनेभा गएका हुन् ।

यही मे १३ देखि १७ सम्म जेनेभामा हुने पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोवल प्लेटफर्ममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कार्यक्रमबाट नेपालले पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा हासिल गरेको अनुभव आदान प्रदान गर्नुका साथै थप सहयोग जुटाउन र विपद् व्यवस्थापनका लागि तयारी गर्न सहयोग पुग्ने बताए ।

सम्मेलनको मुख्य विषय उत्थानशील पुनर्स्थापनाका लागि समावेशिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्