भारतमा बस दुर्घटना, १५ जनाको ज्यान गयो
काठमाडौं, बैशाख २९ । दक्षिण भारतमा बस दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको छ ।
भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेकाहो ।
यस्तै घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।
स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् ।
मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् ।
उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै थिए । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्