अपराध नियन्त्रणमा मिलेर काम गर्ने यि दुई प्रहरी प्रमुखले जनाए यस्तो प्रतिबद्धता

काठमाडौँ, बैशाख २९ । महानगरीय प्रहरी परिसरका नवनियुक्त प्रमुख एसएसपी उत्तमराज सुवेदी र अपराध अनुसन्धान महाशाखाका नवनियुक्त प्रमुख सहकुल थापाले आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै अपराध नियन्त्रण गर्न साथमा मिलेर काम गर्ने प्रतिबद्धता गरेका छन्।

‘देशभरिका अपराधीहरु एक ठाउँमा बसेर अपराध गर्न मिल्ने, हामी संयुक्त रुपमा मिलेर किन काम नगर्ने?’ कार्यक्रममा महाशाखा प्रमुख सहकुल थापाले भने।

महानगरीयका प्रमुख सुवेदीले प्रहरी सेलिब्रिटी नहुने तर बनाइने उल्लेख गर्दै सेवाग्राही मैत्री प्रहरी कार्यालय बनाउन आफ्नो जोड रहने बताए।

उनले टोले गुण्डा नियन्त्रण गर्नु परिसरको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै टोले गुण्डा नियन्त्रण गर्ने बित्तिकै अपराधमा न्यूनता आउने बताए।

‘प्रहरी पेसा ग्ल्यामरस र सबैको चासोमा हुन्छ,’ सुवेदीले भने, ‘तर, हामी नियमानुसार अपराध नियन्त्रणमा काम गर्छौँ।’

प्रतिक्रिया दिनुहोस्