सगरमाथा इन्स्योरेन्सले बोनसबाटै पुँजी बृद्धि गर्ने, ८६ प्रतिशत बोनस शेयर दिने

काठमाडौं २८, बैशाख । सगरमाथा इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी बृद्धि गर्नको लागि ८६ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट ४६ करोड २९ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट बोनस शेयर दिने निर्णय गरेको छ । बीमा समिति र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर कम्पनीले लाभांश घोषणा गरेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर दिए पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ हुनेछ । कम्पनीले बीमा समितिलाई पूँजी बृद्धिको योजना पेश गर्दा बोनस शेयर दिएरै पुर्याउने योजना पेश गरेको थियो ।

नक्सालमा कर्पोरेट कार्यालय रहेको यस कम्पनीले बोनस शेयरलाई प्राथमिकता दिँदै हकप्रद विनानै बोर्ड को निर्देशन अनुसार पुँजी जुटाउन लागेको हो । निर्जीवन बीमा समूहका कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीको रुपमा अगाडी आएको छ ।

प्रतिक्रिया दिनुहोस्