नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, बैशाख २७ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडगजुरी– 1 , धादिङ्ग चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नाडेप लघुुवित्त वित्तीय संस्था लिमिटेड 2070.10.15 मा स्थापित भई 2072.02.01 देखि वित्तीय कारोवारको सञ्चालन प्रारम्भ गरेको हो ।

यस लघुवित्त वित्तीय संस्था लिमिटेडले चार आर्थिक वर्ष पुरा गरी चौथो वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको हो । आ. व. 2074÷75 मा रु. 4,25,59,818.92 (अक्षरेपीः चार करोड पच्चीस लाख उनन्साठी हजार ८ सय र बायानब्बे पैसा मात्र) खुद ना©ा कमाएको छ । यस वित्तीय संस्थाले द्दण्ठट साल चैत्र मसान्तसम्म ठड शाखा मार्फत 74 हजार ग्रामीण तथा पिछडिएका महिलाहरुमा वित्तीय सेवा पु¥याइरहेको छ ।

आर्थिक वर्ष 2074÷75 मा संस्थाले गरेको प्रगति उल्लेख्य नै रहेको उल्लेख गर्दै आ.ब 2073.074 मा संस्थाले प्रचलित नियम अनुसार सर्वसाधारण शेयर जारी सकेको र आ.ब. 2074.075 चुक्ता पूजीको शत् प्रतिशत हकप्रद शेयर जारी गरेको छ ।

यस आ.व. मा चुक्ता पु“जी ३२ करोडको १५ प्रतिशतले हुन आउने रकम रु ४ करोड ८० लाख बराबरको बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनको लागि रु २५,२६,३१५.७९ नगद लाभांश का साथै चौथो बार्षिक साधारण सभाबा६ समुह “ख” अन्र्तरगत सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गनुहुने दुई जना संचालक सोफिया आचार्य रिमाल र विवेक कंडेल सर्वसम्मत बाट निर्वाचित समेत भएका छन् ।

लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले लघुुवित्त क्षेत्रलाई नै सुव्यवथित गर्न आगामी दिनहरुमा यस लघुुवित्त वित्तीय संस्थाले मर्जर वा प्राप्ति सम्वन्धी प्रकृयालाई अघि बढाउने, सेवा नपुगेका पहाडी तथा हिमाली दुर्गम क्षेत्रहरुमा कार्यक्रम विस्तार गर्दै जाने र ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई सबल बनाउन यस संस्था लागीपर्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सरोकारवाला व्यक्ती तथा निकायहरुलाई धन्यवाद दिंदै आवश्यक सहयोगको अपेक्षा पजि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्