सर्वोच्चको आदेशपछि नवलपरासीमा ७ सय नागरिकता रोक्का
काठमाडौं, बैशाख २६ । सर्वोच्चको आदेशपछि नवलपरासीमा ७ सय नागरिकता रोक्का गरिएको छ ।
जन्मको आधारका नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि पश्चिम नवलपरासीमा प्रक्रियामा रहेका करिब ७ सय नागरिकता रोक्का गरिएको हो ।
गत चैत १९ गतेको मन्त्रीस्तर निर्णयपछि जिल्ला प्रशासन र इलाका प्रशासन सेमरीबाट त्यस्ता प्रकृतिका नागरिकता वितरण गर्न सुरु गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्