गुँरास लाईफ ईन्स्योरेन्स र कलेज अफ मेडिकल साइन्स चितवनबीच सम्झौता

काठमाडौं, बैशाख २६ । गुँरास लाईफ ईन्स्योरेन्स र कलेज अफ मेडिकल साइन्स चितवनबीच सम्झौता भएको छ ।

गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच उपचार सेवामा विशेष छुट दिने बारे सम्झौता भएको हो ।

ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बिमित र बिमा अभिकर्ताहरुलाई अस्पतालले प्रदान गर्ने सेवा शुल्कमा विशेष छुट प्रदान गर्नेछ ।

त्यसैगरी, अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारहरुलाई जीवन बिमा गराउँदा विशेष सहुलियत दरमा बिमाशुल्क निर्धारण गरी बिमालेख जारी गर्ने र विभिन्न अध्ययन, अनुशन्धान तथा अवलोकनमा आउने विद्यार्थी तथा कर्मचारीहरुलाई गुराँस लाइफ ईन्स्योरेन्सले आवश्यक सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्