राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्‍यो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन । एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्