प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, विभिन्न संवैधानिक निकायका प्रमुख, मन्त्रीगणलगायत उच्चपदस्थ सरकारी अधिकारीले विदाइ गरेका थिए ।

प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी छिन् ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, केही सांसदहरु, केही स्थानीय तहका प्रतिनिधिहरु, निजी क्षेत्रका प्रतिनिधिहरु र सञ्चारकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्